Friday, October 27, 2017

१७ हजार जनता मार्ने देउवा सरकारले फेरी मार्यो बिर्तामोडमा नागरिक ! कफ्र्यू लगाई हानियो गोली !!


BREAKING : विर्तामोडमा उत्रियो सेना, रातभर सडकमै रहने

सेना परिचालन गर्न अनुमती मागेको स्थानीय प्रशासनले नेपाली सेनालाई सडकमा उतारेको छ । कर्र्फ्यू आदेश जारी गरेसँगै सडकमा उत्रिएको सेना रक्षा मन्त्रालयको सहमतीपछि सडकमा नै गस्ती गर्न थालेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जानकारी दिए ।
शुक्रबार राती हाम्राकुरासँग कुराकानी गर्दै डिएसपी सिलवालले अहिले स्थिती सामान्य रहेको भन्दै रातभरी नै सेनाले गस्ती गरिरहने बताए । उनले अहिले स्थिती सामान्य रहेको भन्दै मृतकको संख्या एक जना मात्रै रहेको पुष्टि गरे ।
विहानैदेखि स्थिती तनावग्रस्त बनेपछि जिल्ला सुरक्षा समितिको बैठक बसी सेना परिचालन गर्ने निर्णय गरेको थियो । दिउँसो साढे १ बजेदेखि आह्वान गरिएको कर्फयू राती ८ बजेसम्म पनि जारी रहेको छ भने रातभर खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।

BREAKING !! विर्तामोडमा भर्खरै फेरी गोली चल्यो, दुईजनाको मृत्यू !

 
बिर्तामोडमा शुक्रबार भएको प्रदर्शनका क्रममा भड्किएको हिंसामा परी एकजनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा शुक्रबार साँझ जारी विज्ञप्ति अनुसार प्रहरीको गोली लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ५ निवासी ३० वर्षका नरेश थापा छन् ।
गोली लागेका थापालाई अस्पताल लैजााने क्रममा निधन भएको गृहमन्त्रालयले जनाएको छ ।
शुक्रबार बिहान सवा ९ बजे विर्तामोडको मुक्ति चोकमा भेला भएका प्रदर्शनकारीहरुले तोडफोड र आगजनीका घटनाहरु गराएकाले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले कारवाही अघि बढाउनुपरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रदर्शनकारीहरुले तोडफोड आगजनी लगायतका गतिविधि गरी सडकमा अवरोध पुर्याउँदै सशस्त्र प्रहरी बलको भ्यानमा समेत तोडफोड गरेको गृहको भनाइ छ ।
साथै प्रदर्शनकारीहरुले एउटा निजी गाडी, १२ वटा मोटरसाइकल, एउटा सडक विभागको एक्साभेटर र एउटा ट्यांकरमा समेत क्षति पुर्याएको गृहको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनकारीले जिलला ट्राफिक प्रहरी कार्यालयको झ्याल ढोका र सीसी क्यामेरासमेत तोडफोड गरेको प्रवक्ता दवाडीले जनाएका छन् ।
यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गरेको कारवाहीमा एकको मृत्यु हुनुका साथै ६ जना सर्वसाधारण घाइते भएको गृहले बताएको छ । यसक्रममा नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका ७ जना घाइते भएको गृह मन्त्रालयको दाबी छ ।
घाइतेहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल र मेची अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
हत्यारा खोज्न माग गर्ने नै मारिए
बिर्तामोडमा शुक्रबार बिहान स्थानीय बासिन्दाहरुले वालक लक्ष्मण सिवाकोटीका हत्याराको खोजी गर्न माग गर्दै प्रदर्शन गरेका थिए । तर, हत्याराको खोजी गर्ने जुलुसमा प्रहरीले गोली चलाउादा नरेश थापाको ज्यान गयो भने दजर्नौं घाइते हुन पुगे ।
प्रहरीले स्थितिलाई नियनत्रणमा लिनका लागि बाध्य भएर गोली चलाउनुपरेको जिकिर गरेको छ भने स्थानीयबासी हरुले चाहिा प्रहरीबाट अधिक बल प्रयोग गरिएको गुनासो गरेका छन् ।
प्रदर्शन हिंसातमक भएपछि शुक्रबार दिउँसो स्थानीय प्रशासनले बिर्तामोडमा अनिश्चितकालीन कर्फ्युको घोषणा गरेको थियो । तर, स्थानीयबासीहरु कर्फ्यूको समेत उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका थिए ।
घटनाको स्रोतः लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्यु
शुक्रबार बिर्तामोडमा प्रदर्शन हुनुको कारण हो लक्ष्मण सिवाकोटी नाम गरेका बालकको रहस्यमय मृत्यु ।
झापा अर्जुनधारा ११ वर्षे ११ वर्षीय लक्ष्मण सिवाकोटी गत असोज १४ गते दिउासो ११ बजे घरबाट बेपत्रा भएका थिए । त्यसको भोलिपल्ट दिउँसो ती बालक बिर्तामोड १ बैसाबारीस्थित पोखरीमा मृत अवस्थामा फेला परेका थिए ।
यही घटनाको विषयमा स्थानीयवासीले बालकको हत्या भएको हुन सक्ने भन्दै शुक्रबार विर्तामोडमा हत्यारामाथि कारवाहीको माग गर्दै प्रदर्शनको आयोजना गरेका हुन् ।
सिंहदरबारमा बसेको गृहमन्त्रीस्तरीय बैठकले बिर्तामोड घटनाको छानविनका लागि गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति गठन गरेको छ
छानविन समिति गठन
यसैवीच शुक्रबार सिंहदरबारमा बसेको गृहमन्त्रीस्तरीय बैठकले बिर्तामोड घटनाको छानविनका लागि गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा डीआइजी रमेशकुमार भट्टराई, सशस्त्रका डीआइजी चिरञ्जीवी अधिकारी र अनुसन्धान विभागका निर्देशक हरिहर पौडेल सदस्य छन् ।
साथै गृहमन्त्रलायले घाइतेहरुको उपचारको उचित व्यवस्थासमेत मिलाइएको जनाएको छ ।
मन्त्रालयले शुक्रबारको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिर शान्तिको कामनासमेत गरेको छ ।

यी राशीका व्यक्तिलाई खतरा हुने ! भोलिदेखि शनि ग्रहले ३ वर्षको लागि घर परिवर्तन गर्दै



एजेन्सी – खासमा, नौ ग्रहहरुकै आ-आफ्नै अलग-अलग महत्व हुन्छ । यी ग्रहहरु समय समयमा आफ्नो घर परिवर्तन गरिरहन्छन् । अधिकतम ग्रहहरु कुनै एक राशिमा धेरै भन्दा धेरै बसेमा एक वर्षसम्म मात्र बस्छन्।तर शनि ग्रहले घर परिवर्तन गरि कुनै अर्को ग्रहमा जानुलाई महापरिवर्तन मानिन्छ। र यस पटक शनिको महापरिवर्तन हुँदैछ, २६ अक्टूबरमा । शनि भोलि दिउसो ३ बजेर १५ मिनेट जाँदा पूर्ण रूपले धनु राशिमा प्रवेश गर्दैछ। यसले जनवरी २०२० सम्म यसै राशिमा गोचर गर्नेछ।
खासमा, शनिले कुनै एक राशिमा लगभग ढाई वर्ष सम्म रहने गर्छ। यो समय पुरा भएपछी उसले राशी परिवर्तन गर्छ। यस्तै १२ राशी चक्र पूरा गर्नको लागि शनिलाई तीस वर्षको समय लाग्ने गर्छ। शनिको राशि परिवर्तन एक ठूलो घटना नै मान्ने गरिन्छ। किनकी, अन्य राशीहरुमा चलिरहेको साढेसात र ढ़ैय्या पनि प्रभावित हुने गर्छन । यदि कसैलाई शनि ग्रहको नजर पर्यो भने उसको हाँसहाल सुन्दर जिन्दगी बर्बाद हुने गर्छ।
शनिको राशि परिवर्तनले कसैलाई ढैय्याको दशा लाग्छ त् कसैलाई साढेसातको । यसै कारणले धेरै मानिसहरुले शनिदेवलाई क्रूर पनि मान्ने गर्छन्, तर खासमा यस्तो होईन । माता लक्ष्मीले पनि शनिदेवलाई यस्तै प्रश्न गर्नु भएको थियो। त्यतिबेला शनिदेवले भन्नु भएछ, म कस्ता मान्छेहरुलाई दण्ड दिन्छु र ?
अनि भगवान लक्ष्मीले पुन प्रश्न गर्नु भएछ, आखिर किन तपाईलाई क्रुर मान्ने गर्छन् र भन्ने गरिन्छ तपाईले कसैले भनेको मान्नु हुन्न अर्थात् सहमत हुनुहुन्न ? त्यसपछि शनिदेवले भन्नु भएछ – ‘मलाई तीन लोकको डण्डाधिकारी बनाईएको छ। यदि मैले सबैले भनेको मनिरहे भने प्रशासन कसरी चल्छ ?’
मानिसहरु शनिदेखि डराउने भएकै कारण शनि देवलाई क्रुर मान्ने गरिन्छ। जबकि उनि वास्तवमा तीनै लोकका डण्डाधिकारी/प्रशासक हुन्, न त् क्रुर शासक नै हुन्। शनि देवले कहिल्यै पनि गलत सहने गर्दैनन्। उनले जो व्यक्ति गलत छ उसलाई नै दण्डित गर्ने गर्छन। भन्ने गरिन्छ, यहाँ सम्म की गलत भएको खण्डमा उनले देवतालाई पनि छोड्दैनन्।
आजकल भन्ने गरिन्छ की, शनिदेवले सबैको काम बिगार्ने गर्छन। हरकोही उनको नजरबाट बच्ने कोसिस गर्छन्। त्यसैले ‘साढेसात र ढैय्याको दशा आफु खाने सत्रुलाई पनि नलागोस्।’ भनिन्छ। शनिको दिन शनिवार हो। यसै कारणले अधिकांश मानिसहरुले यस दिनलाई नै अशुभ मान्ने गर्छन। खासमा शनिले गलत र सहिको मात्र निर्णय गर्ने गर्छन। त्यसै अनुसार सजाय पनि दिने गर्छन। शनिदेवको अदालतमा कोहि धनि या गरिव भन्ने हुँदैन। जो गलत हो उसले नै सजाय पाउँछ।
शनि देवको प्रकोपबाट बच्नको लागि कहिल्यै पनि झुठ बोल्नु हुँदैन। अनि कसैलाई पनि धोका दिनु हुन्न । सधै गरीबहरुलाई मद्दत गर्ने र शनिवारको व्रत गर्नु नै काफी हुन्छ।

‘पिउँदिन भन्दा भन्दै’ हिन्दी र भोजपुरीमा चोरी

गायक शिव परियारको दशौं एकल एल्वम ‘शिवबुक’ मा रहेको ‘पिउँदिन भन्दा भन्दै’ बोलको नेपाली गजल हिन्दी र भोजपुरीमा हुबहु कपी भएको छ ।यो गजल निहारिका लक्ष्मी शाहीले लेखेकी हुन् भने संगीत तारा प्रकाश लिम्बूले गरेका हुन । तर यहि गीतको मेलोडी हिन्दी र भोजपुरीमा हुबहु कपी गरिएको छ । यो सर्जकको नैतिक अधिकारको हनन् हो ।
यो गजल जिनियस म्यूजिकबाट १० अगस्ट  २०१५ मा युट्यूवमा अपलोड गरिएको  हो । यहि मेलोडीमा भोजपुरी भाषामा ‘बिलिमे किली डालके’ बोलको गीत यूवा म्यूजिकले सार्वजनिक गरेको छ । यो कभर सङ नभै एल्वमकै गीतको रुपमा युट्यूवमा सार्वजनिक गरिएको छ । जसमा राज यादवको स्वर, यादव राजको शब्द र मोनु सिन्हाको संगीत भनिएको छ । यसलाई २५ फेबु्रअरी २०१७ मा अपलोड गरिएको छ ।
त्यसैगरी यहि मेलोडीमा ‘प्यारका रोग’ बोलमा खुश्बु उत्तमले हिन्दी भाषामा यो गजल गाएकी छिन् ।  प्रबिन सोनीको संगीत र कुमुद रसिला मुजम्फरपुरको शब्द रचना भनेर राखिएको यो गीत सोनोटेकबाट १४ जुलाई २०१७ मा अपलोड गरिएको छ । यो गीतको मेलोडी र गीत पहिले नेपालमा सिर्जना गरिएको हो । तर यी दुबै गीतमा कहि कतै मूल सर्जकको नैतिक अधिकारको सम्मान गरिएको छैन ।
र अहिले आएका यी दुई गीत कपी गरिएका हुन् भन्ने बलियो आधार छ । यो गजल हुबुह कपी भएपछि सर्जकहरु यतिबेला अधिकारको रक्षाका लागि कानुनी बाटो खोजी रहेका छन् । नयाँ सिर्जनाका रुपमा राखिएको यी दुबै गीतका बारेमा यु ट्यूव मा प्रतिलिपी अधिकार हननका बारेमा उजुरी गरेपनि सुनुवाई नभएको गायक शिव परियारले जानकारी दिएका छन् ।  
यस अघि सिनेमा ‘प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’ बोलको गीत आसामी भाषामा कपी गरिएको थियो । पछि यो गीत चोरी भएको खबर सार्बजनिक भए पछि आसामी गायक, संगीतकारहरुले अन्जानमा प्रतिलिपि अधिकार हनन भएको भन्दै मूल सर्जकको नाम उल्लेख गरेर नैतिक अधिकारको सम्मान गरेका थिए । नेपालको कानुनले कसैले प्रतिलिपि अधिकारको हनन गरेमा क्षतिपूर्ति सहित जेल सजायको समेत ब्यबस्था गरेको छ ।
यो बिषयमा हिन्दी गीतको कम्पनी सोनेटेकको च्यानलमा राखिएको  लिला कृष्णको भारतीय नम्बरमा सम्पर्क गर्दा भने फोन उठेन । त्यसैगरी भोजपुरीको युवा म्यूजिकको फेस बुक पेजमा राखिएको नम्बरमा पनि सम्पर्क गर्दा फोन उठेन ।  
कार्यक्रमको सिलसिलामा नेपाल बाहिर रहेका ‘शिबबुक’ एल्वमका निर्माता समेत रहेका गायक शिव परियारले फेसबुक सम्पर्क मार्फत गीत चोरी भएको बिषयमा पटक–पटक यु ट्यूवलाई कन्टेन्ट सहित क्लेम रिपोर्ट गरेको, तर कुनै रेस्पोन्स नगरेको जानकारी दिए । 
उनले अरु  गीतको बारेमा गरिएको क्लेम रिपोर्ट तुरुन्त रेस्पोन्स गर्ने तर यो गीतको रेस्पोन्स नै नगर्ने गरेको भन्दै उचित न्यायको लागि सम्बन्धित निकायमा जान चाहेको बताएका छन । उनको प्रश्न छ, यसका लागि कहाँ जाने ?
उज्यालो र www.gufgaff.com को सहकार्य

Thursday, October 26, 2017

BREAKING !! अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा संकटकाल घोषणा !!

ट्रम्प, औषधी, संकटकाल घोषणातस्वीर कपीराइटGETTY IMAGES
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुको, दुखाइ कम गर्ने र अन्य नसालु औषधीहरु प्रयोग गर्ने लतलाई "राष्ट्रिय लज्जा" भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन्।
ट्रम्पले दुखाई कम गर्ने यस्ता औषधीको दुरुपयोगलाई लक्षित गरि यो घोषणा गरेका हुन्।
यस्ता औषधीको प्रयोगका कारण प्रत्येक दिन १ सय ४० भन्दा बढी अमेरिकीहरुको ज्यान जाने गरेको बताइन्छ।

बाचा

राष्ट्रपति ट्रम्पले यसअघि नै जनस्वास्थ्यसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गर्ने बाचा गरेका थिए।
बिहीबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अहिलेको समयमा अमेरिकीहरुको कार दुर्घटना र बन्दुकका कारण हुने मृत्युको संख्या भन्दा दुखाई कम गर्ने र अन्य नसालु पदार्थको प्रयोगका कारण बढी मृत्यु हुने गरेको बताए।
उनले भनेका छन्, अमेरिकी समाजको कुनै पनि त्यस्तो भाग बाँकी छैन, जहाँ नसालुऔषधीको प्रयोगले नसताएको होस्।
ट्रम्पले नसा नलाग्ने नयाँ किसिमका औषधीहरुका लागि अनसन्धानहरु आवश्यक रहेको बताए।
औषधी, नसालु औषधी, ट्रम्पतस्वीर कपीराइटGETTY IMAGES

निर्देशन

उनले भने, "हामीले अरबौं अरब डलर खर्च गरेका छौं र अब धेरै पैसा हामी नसा नलगाउने खालको दुखाई कम गर्ने औषधी ल्याउनमा खर्च गर्नेछौं।।"
उनले यस्ता दुखाई कम गर्ने औषधीहरुको खपत विश्वका अन्य मुलुकका नागरिकले भन्दा अमेरिकीहरुले अत्यधिक गर्ने बताए।
अहिलेको घोषणाले जनस्वास्थ्यसम्बन्धी देखिएको संकटसँग जुध्नका लागि अनुदान रकम प्रयोग गर्न निर्देशित गर्छ।
ह्वाइट हाउसका एक उच्च अधिकारीका अनुसार ट्रम्पले एउटा लिखित वक्तब्यमा हस्ताक्षर गर्दै आफ्ना कामचलाउ स्वास्थ्य मन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी आपतकाल घोषणा गर्न निर्देश गरेका हुन्।
त्यसका साथै सबै स्वास्थ्यसम्बन्धी संघीय संस्थाहरुलाई पनि दुखाई कम गर्ने र अन्य नसालु औषधीहरुको प्रयोगबाट हुने मृत्यु कम गर्नका लागि आवश्यक उपायहरु अपनाउन निर्देशन दिन भनेका छन्।

आलोचना

यो निर्देशनले राज्यहरुलाई उपलब्ध हुने अनुदान प्रयोगमा भएका नियन्त्रणहरुलाई खुकुलो बनाउन मद्दत गर्नेछ।
ह्वाइट हाउसले यसका लागि जनस्वास्थ्यसम्बन्धी आपतकालीन राहतमा भएको भनिएको ५७ हजार डलरलाई प्रयोग गर्ने योजना गरेको छ।
दुखाइ कम गर्ने र नसालु औषधीको बढी प्रयोगले अमेरिकामा एक सातामा एक हजार भन्दा बढीको मृत्यु हुन्छ।
आलोचकहरुले अहिलेको घोषणा अनुसार थप आर्थिक कोषहरु बिना केवल अहिलेकै स्रोतको प्रयोग गरेर त्यसले समस्या घटाउन मद्दत नगर्ने बताएका छन्।

एमालेसंग पोईल जाने प्रचण्डको लागि यसरी मरेका थिए जनताको छोराछोरी ! क्रिपया सेयर गरेर प्रचण्डलाई देखाईदिनुहोला

 मुक्तिको नाममा बलिदानी दिने यी माओवादीका लडाकुहरुको आत्माले आज प्रचण्ड ओलीको झोलीमा शरण लिन जाॅदा शान्ति पाउलात !