Friday, October 27, 2017

BREAKING !! विर्तामोडमा भर्खरै फेरी गोली चल्यो, दुईजनाको मृत्यू !

 
बिर्तामोडमा शुक्रबार भएको प्रदर्शनका क्रममा भड्किएको हिंसामा परी एकजनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा शुक्रबार साँझ जारी विज्ञप्ति अनुसार प्रहरीको गोली लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ५ निवासी ३० वर्षका नरेश थापा छन् ।
गोली लागेका थापालाई अस्पताल लैजााने क्रममा निधन भएको गृहमन्त्रालयले जनाएको छ ।
शुक्रबार बिहान सवा ९ बजे विर्तामोडको मुक्ति चोकमा भेला भएका प्रदर्शनकारीहरुले तोडफोड र आगजनीका घटनाहरु गराएकाले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले कारवाही अघि बढाउनुपरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रदर्शनकारीहरुले तोडफोड आगजनी लगायतका गतिविधि गरी सडकमा अवरोध पुर्याउँदै सशस्त्र प्रहरी बलको भ्यानमा समेत तोडफोड गरेको गृहको भनाइ छ ।
साथै प्रदर्शनकारीहरुले एउटा निजी गाडी, १२ वटा मोटरसाइकल, एउटा सडक विभागको एक्साभेटर र एउटा ट्यांकरमा समेत क्षति पुर्याएको गृहको विज्ञप्तिमा उल्लेख छ ।
प्रदर्शनकारीले जिलला ट्राफिक प्रहरी कार्यालयको झ्याल ढोका र सीसी क्यामेरासमेत तोडफोड गरेको प्रवक्ता दवाडीले जनाएका छन् ।
यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गरेको कारवाहीमा एकको मृत्यु हुनुका साथै ६ जना सर्वसाधारण घाइते भएको गृहले बताएको छ । यसक्रममा नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका ७ जना घाइते भएको गृह मन्त्रालयको दाबी छ ।
घाइतेहरुलाई उपचारका लागि बीएण्डसी अस्पताल र मेची अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
हत्यारा खोज्न माग गर्ने नै मारिए
बिर्तामोडमा शुक्रबार बिहान स्थानीय बासिन्दाहरुले वालक लक्ष्मण सिवाकोटीका हत्याराको खोजी गर्न माग गर्दै प्रदर्शन गरेका थिए । तर, हत्याराको खोजी गर्ने जुलुसमा प्रहरीले गोली चलाउादा नरेश थापाको ज्यान गयो भने दजर्नौं घाइते हुन पुगे ।
प्रहरीले स्थितिलाई नियनत्रणमा लिनका लागि बाध्य भएर गोली चलाउनुपरेको जिकिर गरेको छ भने स्थानीयबासी हरुले चाहिा प्रहरीबाट अधिक बल प्रयोग गरिएको गुनासो गरेका छन् ।
प्रदर्शन हिंसातमक भएपछि शुक्रबार दिउँसो स्थानीय प्रशासनले बिर्तामोडमा अनिश्चितकालीन कर्फ्युको घोषणा गरेको थियो । तर, स्थानीयबासीहरु कर्फ्यूको समेत उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका थिए ।
घटनाको स्रोतः लक्ष्मण सिवाकोटीको रहस्यमय मृत्यु
शुक्रबार बिर्तामोडमा प्रदर्शन हुनुको कारण हो लक्ष्मण सिवाकोटी नाम गरेका बालकको रहस्यमय मृत्यु ।
झापा अर्जुनधारा ११ वर्षे ११ वर्षीय लक्ष्मण सिवाकोटी गत असोज १४ गते दिउासो ११ बजे घरबाट बेपत्रा भएका थिए । त्यसको भोलिपल्ट दिउँसो ती बालक बिर्तामोड १ बैसाबारीस्थित पोखरीमा मृत अवस्थामा फेला परेका थिए ।
यही घटनाको विषयमा स्थानीयवासीले बालकको हत्या भएको हुन सक्ने भन्दै शुक्रबार विर्तामोडमा हत्यारामाथि कारवाहीको माग गर्दै प्रदर्शनको आयोजना गरेका हुन् ।
सिंहदरबारमा बसेको गृहमन्त्रीस्तरीय बैठकले बिर्तामोड घटनाको छानविनका लागि गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति गठन गरेको छ
छानविन समिति गठन
यसैवीच शुक्रबार सिंहदरबारमा बसेको गृहमन्त्रीस्तरीय बैठकले बिर्तामोड घटनाको छानविनका लागि गृह मन्त्रालयका सहसचिव वीरेन्द्र कुमार यादवको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा डीआइजी रमेशकुमार भट्टराई, सशस्त्रका डीआइजी चिरञ्जीवी अधिकारी र अनुसन्धान विभागका निर्देशक हरिहर पौडेल सदस्य छन् ।
साथै गृहमन्त्रलायले घाइतेहरुको उपचारको उचित व्यवस्थासमेत मिलाइएको जनाएको छ ।
मन्त्रालयले शुक्रबारको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिर शान्तिको कामनासमेत गरेको छ ।

No comments:

Post a Comment