Thursday, October 26, 2017

BREAKING !! अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा संकटकाल घोषणा !!

ट्रम्प, औषधी, संकटकाल घोषणातस्वीर कपीराइटGETTY IMAGES
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुको, दुखाइ कम गर्ने र अन्य नसालु औषधीहरु प्रयोग गर्ने लतलाई "राष्ट्रिय लज्जा" भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन्।
ट्रम्पले दुखाई कम गर्ने यस्ता औषधीको दुरुपयोगलाई लक्षित गरि यो घोषणा गरेका हुन्।
यस्ता औषधीको प्रयोगका कारण प्रत्येक दिन १ सय ४० भन्दा बढी अमेरिकीहरुको ज्यान जाने गरेको बताइन्छ।

बाचा

राष्ट्रपति ट्रम्पले यसअघि नै जनस्वास्थ्यसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गर्ने बाचा गरेका थिए।
बिहीबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अहिलेको समयमा अमेरिकीहरुको कार दुर्घटना र बन्दुकका कारण हुने मृत्युको संख्या भन्दा दुखाई कम गर्ने र अन्य नसालु पदार्थको प्रयोगका कारण बढी मृत्यु हुने गरेको बताए।
उनले भनेका छन्, अमेरिकी समाजको कुनै पनि त्यस्तो भाग बाँकी छैन, जहाँ नसालुऔषधीको प्रयोगले नसताएको होस्।
ट्रम्पले नसा नलाग्ने नयाँ किसिमका औषधीहरुका लागि अनसन्धानहरु आवश्यक रहेको बताए।
औषधी, नसालु औषधी, ट्रम्पतस्वीर कपीराइटGETTY IMAGES

निर्देशन

उनले भने, "हामीले अरबौं अरब डलर खर्च गरेका छौं र अब धेरै पैसा हामी नसा नलगाउने खालको दुखाई कम गर्ने औषधी ल्याउनमा खर्च गर्नेछौं।।"
उनले यस्ता दुखाई कम गर्ने औषधीहरुको खपत विश्वका अन्य मुलुकका नागरिकले भन्दा अमेरिकीहरुले अत्यधिक गर्ने बताए।
अहिलेको घोषणाले जनस्वास्थ्यसम्बन्धी देखिएको संकटसँग जुध्नका लागि अनुदान रकम प्रयोग गर्न निर्देशित गर्छ।
ह्वाइट हाउसका एक उच्च अधिकारीका अनुसार ट्रम्पले एउटा लिखित वक्तब्यमा हस्ताक्षर गर्दै आफ्ना कामचलाउ स्वास्थ्य मन्त्रीलाई देशभर जनस्वास्थ्यसम्बन्धी आपतकाल घोषणा गर्न निर्देश गरेका हुन्।
त्यसका साथै सबै स्वास्थ्यसम्बन्धी संघीय संस्थाहरुलाई पनि दुखाई कम गर्ने र अन्य नसालु औषधीहरुको प्रयोगबाट हुने मृत्यु कम गर्नका लागि आवश्यक उपायहरु अपनाउन निर्देशन दिन भनेका छन्।

आलोचना

यो निर्देशनले राज्यहरुलाई उपलब्ध हुने अनुदान प्रयोगमा भएका नियन्त्रणहरुलाई खुकुलो बनाउन मद्दत गर्नेछ।
ह्वाइट हाउसले यसका लागि जनस्वास्थ्यसम्बन्धी आपतकालीन राहतमा भएको भनिएको ५७ हजार डलरलाई प्रयोग गर्ने योजना गरेको छ।
दुखाइ कम गर्ने र नसालु औषधीको बढी प्रयोगले अमेरिकामा एक सातामा एक हजार भन्दा बढीको मृत्यु हुन्छ।
आलोचकहरुले अहिलेको घोषणा अनुसार थप आर्थिक कोषहरु बिना केवल अहिलेकै स्रोतको प्रयोग गरेर त्यसले समस्या घटाउन मद्दत नगर्ने बताएका छन्।

No comments:

Post a Comment