Wednesday, October 18, 2017

बन्द भएको DV चिट्ठा फेरी खुल्यो, के के छ नयाँ नियममा ?

याे न्यूज पढे पछि धेरै सेयर गरिदिनुहाेला । पहिला भरेकाले फेरी भर्ने माैका पाउन ।
असोज १८ बाट खुलेको डिभी  २३ गते देखि बन्द भएको थियो । सरोबरमा समस्या आएको भन्दै बन्द भएको डीभी फेरि खुल्ने भएको हो ।
नेपालका लागि अमेरिकी राजदूतावासले पनि इडिभिको वेभसाइटमा प्राविधिक समस्याका कारणले बन्द भएको इडिभी २०१९ को दर्ता अवधि पुन सुचारु भएको जनाएको छ ।
अमेरिकाले यसअघि असोज १८ बाट २३ गतेसम्म इडिभी भरेकाको सवै प्रकृया रद्द भएको भन्दै पुन भर्न आह्वान गरेको छ । उक्त समयमा डिभी भरेकाले यो सूचना जारी भएसँगै पुन डिभी भर्नु पर्ने भएको हो । नेपालका लागि अमेरिकी दुतावासले आज बुधबार १८ अक्टोबर साझ ९ ः ४५ बजेपछि इडिभी भर्न मिल्ने जनाएको छ । दूतावासका अनुसार आगामी मंसिर महिनाको ६ गतेसम्म डिभी भर्न सकिने छ । त्यसका लागि डिभी भर्ने वेभसाइटमा गएर भर्न सकिने छ ।
दूतावासले यसअघि खोलिएको इडिभिमा प्राविधिक समस्या आएको भन्दै क्षमा याचना गरेको छ ।
इडिभी अमेरिका जाने सवैभन्दा सहज माध्य हो । इडिभि परेका व्यक्तिलाई अमेरिका जान पाउने व्यवस्था हुन्छ । तर पहिलो चरणमा चिठ्ठी आएपनि दोस्रो चरणमा कन्फर्मेशन लेटर नआएको खण्डमा भने अमेरिका जान पाइने छैन । डिभी भर्दा कुनै शुल्न नलाग्ने दूतावासले जनाएको छ ।
तर , नेपालका अधिकांश डिभी भर्ने स्थानहरुलेभने फोटो र सिस्टममा आएको परिवर्तन भन्दै रकम अशुली गरिरहेका छन् । दूतावासले यसअघिनै डीभी भर्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको बताइसकेको छ ।
डिभी केही दिन खुलेर बन्द भएपनि धेरै जसो डिभी भर्ने स्थानमा खुल्ने आशा देखाउँदै रकम संकलन भइरहेको समाचार आएका र डिभी भर्न मिल्ने भन्दै रकम असुली भइरहेको समाचारहरुसमेत सार्वजनिक भएका थिए । तर, नेपालस्थिति अमेरिकी दूतावासले भने बुधबार राति पौने १० बजेबाट मात्र डिभी खुल्ने जनाएको छ ।
डिभी खुलेसँगै नेपालीहरुलाई तिहारले छोपेका कारण तिहार पछि भने डिभी भर्ने मानिसको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ ।
अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डिभी कार्यक्रम बन्द गर्नका लागि संसदमा अध्यादेश लगिएको छ । उक्त अध्यादेश पास भएको खण्डमा इडिभी कार्यक्रम अर्को वर्ष देखि बन्द हुन सक्छ ।
प्रेस बिज्ञप्ति :
सन् २०१९ को नयाँ डि.भी. कार्यक्रम खुला
पहिले आवेदन दिएकाले फेरी आवेदन दिनुपर्ने
काठमाडौँ – इ-डिभि वेबसाईटमा आएको प्राबिधिक त्रुटीका कारण  सन् २०1९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि नयाँ डिभि फारम भर्ने समय बुधवार, अक्टोबर १८ (कार्तिक १) राति ९:४५ बाट नोवेम्बर २२ (मङ्सिर ६) बुधवार राति १०:४५ सम्म कायम गरिएको छ।
यदि तपाईंले यो बर्षको डि भि कार्यक्रम को लागि अक्टोबर १८ अगाबै आवेदन भरिसक्नु भएको छ भने पनि त्यो आवेदन फेरी भर्नुपर्नेछ। यो मिती भन्दा पहिले आवेदन भर्दा दिइएको कन्फर्मेसन नम्बर काम लाग्ने छैन। यो कार्यक्रम र प्रकृयाको निष्पक्षताका लागि पहिले दिइएका आवेदनलाई मान्यता दिइने छैन। यस कार्यक्रममा सहभागी हुनका निम्ती यो नयाँ [बुधवार, अक्टोबर १८ (कार्तिक १) राति ९:४५ बाट नोवेम्बर २२ (मङ्सिर ६) बुधवार राति १०:४५ सम्म] समयमा फेरी आवेदन दिनुपर्नेछ। तर यस नयाँ आवेदन अबधीमा एक पल्ट भन्दा धेरै पटक आवेदन दिएमा तपाईं अयोग्य ठहरिनु हुनेछ।
तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे १५,२०१८ (जेठ १, २०७५) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।
इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी  साबिकै रहेका छन।:
  1. आवेदन नि:शुल्क :  डि.भी. चिट्ठामा सहभागी हुनका लागि शुल्क लाग्दैन ।
  2. कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।
  3. फारम अनलाइन भर्नुपर्ने : सन् २०1९ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
  4. पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
  5. एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
  6. हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
  7. आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
  8. आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।
  9. तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे १५, २०१८ (जेठ १, २०७५) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।
तपाईँ डि.भी. विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ ।
डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा जानुहोस् ।

फेसबुमा राखेकाे स्टाटसः

No comments:

Post a Comment