नेपालगञ्ज, कात्तिक ७ – प्रेमिकालाई ललाइफकाई मादक पदार्थ खुवाएर जबरजस्ती सामूहिक बलात्कार गरी अश्लिल भिडियो बनाउने एक ब्यक्ति पक्राउ परेका छन् ।
गएको जेठ २ गते राति साढे ९ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर १२ का २२ वर्षका राजु बुढा क्षेत्रीले एक युवतीलाई प्रेम गर्ने गरेको बहाना बनाई ललाई फकाई जंगल लगेर सामूहिक बलात्कार गरी अश्लिल भिडियो बनाएका थिए । राजुसँगै साथीहरु स्थानीय १९ वर्षका दिपेश डाँगी, र २० वर्षका सागर शाहीसमेत भै कोहलपुर जंगलमा युवतीलाई बियर खुवाई तीनै जनाले बलात्कार गरी अश्लिल भिडियो बनाएको प्रहरीले जनाएको छ ।
पीडित युवतीलाई बाँके कोहलपुर नगरपालिका वडा नं १३ सिम्री स्थित सामुदायिक जंगलमा लगेर राजु बुढाले सुरुमा आफूले बलात्कार गरेको र दिनेश डाँगी र सागर शाहीले मोबाइलबाट अश्लिल भिडियो बनाएका थिए । प्रहरीका अनुसार उनीहरुले त्यही भिडियो युवतीलाई देखाएर डर र त्रासमा पारी आफूहरुले पनि बलात्कार गरेका थिए ।


No comments:
Post a Comment