यतिबेला सामाजिक संजालमा मानिसको जस्तो मुख भएको विरालोको फोटो भाइरल भएको छ। दाबी गरिए अनुसार मलेसियामा जन्मिएको सो विरालाको बच्चाको अनुहार मान्छेको जस्तो छ। र त्यसलाई ल्याबमा राखिएको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार स्थानीय प्रहरीले भने मानिस जस्तो अनुहार भएको विरालाको बच्चा जन्मिएको कुनै जानकारी नआएको बताएको छ।
तर सामाजिक संजालमा भाइरल भइरहेको फोटोले एक पकट फेरि मानिस जस्तै पैदा हुने जनावरका विषयमा चर्चा सुरुभएको छ।
सो फोटोमा बिरालोजस्तै देखिने सो जीवको शीर र आँखा भने मानिसको जस्तै छ। सो जीवको कलाप र छाला पनि मानिसको जस्तै देखिन्छ।
No comments:
Post a Comment