Tuesday, October 17, 2017

भर्खरै यस्तो अवस्थामा भेटियो जनकपुरमा एक युवकको शव !! #RIP

जनकपुरमा एक युवकको शव फेला परेको छ ।
मंगलवार बिहान करिब ७ बजे जनकपुर उपमहानगरपालिका वडा नं. ४ राराब क्याम्पसदेखि कपिलेश्वर जानेबाटोमा पर्ने जलाध नदीमा अन्दाजी २५ वर्षिय एक युवकको शव फेला परेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार अण्डरवेयर मात्रै लगाएका युवकको शवको सनाखत हुन सकेको छैन ।
शरीरमा कतै चोटपटक नदेखिएको र युवक ड्रगिष्ट अथवा कसैले मारेर फ्याकेको हुनसक्ने आशंका प्रहरीको अनुमान छ ।
प्रहरी घटनाको अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment