
काठमाडौं । भद्रपुरबाट काठमाडौंका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आकाशमै बिग्रिएको छ । जहाजमा प्राविधिक समस्या आएपछि जहाजलाई बिराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
जहाजमा प्राविधिक समस्या आएका कारण जहाजको एसी नचलेको र तत्काल बिराटनगरमा अवतरण गराइएको सौर्य एयरलाइन्सले पुष्टि गरेको छ । एयरलाइन्सका प्रमुख दीपक पोखरेलका अनुसार भद्रपुरबाट साढे १ बजे उडेको केहि समयपछि नै समस्या देखिएको र तत्कालै बिराटनगर विमानस्थलमा अवतरण गरिएको हो ।
जहाजको मर्मत भइरहेको र आजै मर्मत गरी काठमाडौंका लागि उडान गर्ने पोखरेलले जानकारी दिए । विमानको एसी बिग्रिएपछि यात्रुको स्वासप्रस्वासमा समस्या आउने, कान थुनिएजस्तो हुने लगायतका समस्या आउँछ ।
No comments:
Post a Comment