सिरहाको अर्नमा गाउँपालिका(१ महनौर बुढियाचाप बस्ने शोभा महरा आफ्नै ससुराको कुटाइबाट गम्भीर घाइते भएकी छन् । गत असोज ३१ गते श्रीमानसँग सामान्य बिबाद हुँदा ससुरा रामसेबक महराले छोरा अजय महराकै अगाडि महरालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।
ससुरोको कुटाइबाट बेहोश भएकी शोभाको टाउको,अनुहार, आँखा, लगायत शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ ।कुटपिटबाट बेहोस भएकी उनलाई प्रहरीले उद्दार गरेको थियो । अहिले माइति पक्षको निगरानिमा उनको मिर्चैयामा उपचार भइरहेको छ । उनको डेढ वर्षीय एक छोरा छन् ।
महराले आफुलाई मरणासन्न हुने गरी कुटपिट गर्दा पनि श्रीमान हेरेर बसेको उपचारको लागी केही नगरेको बताईन साथै उनले श्रीमान बिदेशमा रहँदा शशुराले पटक पटक यौन सम्पर्क गर्न दवाब दिने र नमान्दा कैयौं पटक कुटिनुपरेको बयान प्रहरी सामु दिएकी छन् ।
छोरीलाई मरणासन्न हुनेगरी पिटेर उपचार गर्न नलगेको शोभाका माइतिले प्रहरीलाई जानकारी गराएपछि घटना सार्बजनिक भएको हो ।
छोरीलाई मरणासन्न हुनेगरी पिटेर उपचार गर्न नलगेको शोभाका माइतिले प्रहरीलाई जानकारी गराएपछि घटना सार्बजनिक भएको हो ।
बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडि मात्र घर आएका हुन् ।श्रीमान् विदेशमा हुँदा ससुराले विभिन्न कारणले पटकपटक मानसिक यातना र दुःख दिंदै आएकोे शोभाले बताइन् ।

No comments:
Post a Comment