
उत्तर कोरियाले फेरी एक पटक चेतावनी स्वरूप अमेरिका उत्तर कोरियाको फायरिंग रेंज मा रहेको बताएको छ । यदि अमेरिकाले आक्रमण गर्यो भने उत्तर कोरियाले अमेरिका ध्वस्त पार्न तैयार रहेको धम्की समेत दिएको छ।
उत्तर कोरियाका डिपुटी यूएन अंबेडसर किम इन रियोंगले संयुक्त राष्ट्र महासभाको निरस्त्रीकरण समितिसंग सोमवारको बैठकमा भनेका छन, कोरियाई प्रायद्वीप को हालत धेरै खराब अवस्थामा पुगेको छ । एक परमाणु हमला मात्र यो अवस्थामा नुन चुक थप्न काफी रहेको बताउदै यसले बिकराल रुप लिने बताएका छन् । रियोंगेले भने, ‘हामी (उत्तर कोरिया) दुनियाको एकमात्र यस्तो देश हौँ, जो १९९७ देखि लगातार अमेरिकाको परमाणु आतंक बिरुद्ध लडी रहेको छ ।
रियोंगले स्पस्ट रुपमा भने, ‘उत्तर कोरिया लाइ आत्मरक्षाका लागि परमाणु हथियार राख्ने पूर्ण अधिकार छ’ । साथै उनले इशाराकै रुपमा प्रस्न गर्दै भने, हरेक वर्ष बढ्दै गैरहेको सैन्य अभ्यास, के त्यो खतरनाक हैन? उनले थपे, हाम्रो रास्ट्रपतिलाइ हटाउन अमेरिकाले गुप्त अप्रेसनको योजना बनाएको थियो, के त्यो खतरनाक हैन?
साथै उनले उत्तर कोरियाको सैन्य सक्तिको प्रसंसा गर्दै भने, ‘अब हामी परमाणु शक्ति बनि सकेका छौ । हामी संग परमाणु एटम बम, एच बम र बैलिस्टिक मिसाइल छ ।
साथै उनले उत्तर कोरियाको सैन्य सक्तिको प्रसंसा गर्दै भने, ‘अब हामी परमाणु शक्ति बनि सकेका छौ । हामी संग परमाणु एटम बम, एच बम र बैलिस्टिक मिसाइल छ ।
उनले चेतावनी दिदै भने, “पूरा अमेरिकाको मुख्य भूमि हाम्रो फायरिंग रेंज मा छ, यदि अमेरिकाले हाम्रो क्षेत्रमा आक्रमण गर्ने आँट गरेको भए उ हाम्रो गम्भीर सजायको भागि हुनु पर्छ, र उ बच्न सक्दैन ।
No comments:
Post a Comment