काठमाडौं। माओवादी नेताको भनाइ र गराइमा कति बढी भिन्नता छ भन्ने माओवादी नेताको व्यवहारले देखाएको छ। जनताको छोराछोरी सबै अखिल क्रान्तिकारी भनेर नारा लगाउने माओवादी नेतृत्व र तिनका भातृ संस्था अखिल क्रान्तिकारीका नेतृत्वको कथनी र करणीमा कति फरक छ भन्ने उनीहरुको गतिविधिले नै देखाएको छ। हालै नयाँ शक्तिबाट पुन माओवादीमा आएका देवेन्द्र पौडेल यतिखेर निकै चर्चामा छन् ।
चर्चामा छन् उनको परिवारको एउटा तस्विर । जुन अहिले कम्युनिष्ट कित्ता देखि लोकतान्त्रिक कित्तामा पनि भाइरल भएको छ।
पहिलो चरणमा मंसिर १० गते प्रतिनिधी सभा र संघीय स
भाको चुनाव हुन लागेको पूर्वसन्ध्यामा माओवादीका नेता पौडेलले आफ्नी छोरीलाई अमेरिका पढ्न पठाएको विषय यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको हो।
गरिमा पौडेल अहिले उच्च शिक्षाका लागि अमेरिका गएकी हुन। उनलाई शुभकामना र आशिर्वाद सहित पौडेल दम्पतीले अमेरिकाका लागि विदा गरे। लामो समयसम्म स्राम्राज्यवादी भन्दै सरापेको देश अमेरिकामा उच्च शिक्षाका लागि आफ्नी छोरीलाई पठाउँदा कस्तो प्रतिक्रिया आउने हो भन्ने कुरालाई पौडेलले ध्यान दिएनन। पार्टी चुनावमा रहेको बेला र स्वयं आफू नै चुनावमा होमिएका बेला छोरीलाई विदेश पठाएर अनि जनताका छोराछोरीसँग कुन मुखले मत माग्ने उनले सोचेनन्। यसैको प्रतिक्रिया अहिले वाग्लुङ र देशभर उत्पन्न भएको हो।
नभन्दै यसले वागलुङमा व्यापक प्रतिक्रिया उत्पन्न गराएको छ। पार्टीका लागि भन्दै जनताका छोराछोरीलाई दिनरात नभनी गाउँघरतिर वरालेर राख्ने माओवादीले आफ्नो छोराछोरीलाई भने कसरी आफ्नो भविष्य सुधार्न मत समेत हाल्न नदिइ पठाउँछन भन्दै अहिले वागलुङका मतदातामा चर्को आलोचना हुन थालेको छ।
सामाजिक सञ्जालका मार्फत देश तथा विदेशका आम नागरिक पनि पौडेलले छोरी विदेश पठाएको विषयलाई लिएर आलोचनामा उत्रेका छन् भने कतै माओवादीलाई व्यङग्य पनि गरेका छन्।
बर्ग वा बिचारधाराको कथित सम्बन्धको नाटकिय भ्रम त के नै बाँकी रह्यो र कतिपयले सामाजिक सञ्जालमा यस्तो टिप्पणी पनि गरेका छन्। HamroKura.com

The 7 best casino resorts in Las Vegas (Las Vegas, NV)
ReplyDeleteThe Best Casino Resorts 속초 출장샵 in Las 청주 출장마사지 Vegas. We provide all our Vegas casino 경상북도 출장안마 hotels, casino 대구광역 출장안마 resorts, entertainment destinations, shopping, dining, and more. 아산 출장샵